About Me

My photo
Tinpiple, TarkeshWor-03, Kathmandu, Kathmandu, Nepal

Friday, March 25, 2022

पुँजी वृद्धि हंगामा, अब कुन–कुन बिमा कम्पनीलाई कति चाहिन्छ थप पुँजी ? हेर्नुहोस् तथ्यांक

अन्ततः बिमा समितिले बिमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने निर्णय गरेको छ । व्यवसायको आकार वृद्धि अनुसार पुँजी बढ्न नसकेको र जोखिम बढ्न सक्ने भएकाले चुक्ता पुँजी वृद्धि गरिएको बिमा समितिको भनाई छ । अब बिमा कम्पनीहरुले ठ्याक्कै १ वर्षभित्र अर्थात् आगामी २०७९ चैत मसान्तभित्र तोकिए अनुसार चुक्ता पुँजी पुर्याइसक्नुपर्नेछ । पुँजी पुर्याउन नसक्नेले मर्ज वा एक्विजिसनमा जानुपर्नेछ ।

समितिले जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको हो । हाल जीवनको न्यूनतम पुँजी २ अर्ब र निर्जीवनको १ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था रहेको छ । यसआधारमा दोब्बरभन्दा पनि बढीले पुँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरिएको छ । अब बिमा कम्पनीहरुले ३० दिनभित्र पुँजी वृद्धिको आफ्नो योजना पनि बिमा समितिमा पेश गर्नुपर्नेछ । 
 
यसअघि हकप्रद जारी गर्न नदिइने भनिए पनि बिमा समितिले जारी गरेको विज्ञप्तिमा त्यस्तो केही पनि उल्लेख छैन । यसर्थ, कम्पनीहरुले हकप्रद वा बोनस जारी गरेर पनि पुँजी पुर्याउन सक्ने देखिएको छ । बिहीबार बसेको बिमा समितिको सञ्चालक समिति बैठकले चुक्ता पुँजी बढाउने निर्णय गरेको बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाली पैसालाई जानकारी दिए । 
 
समितिको विज्ञप्तिमा बिमा कम्पनीहरुले २०७९ साल चैत्र मसान्तभित्र तोकिएको पुँजी कायम गर्नुपर्ने उल्लेख गरिएको छ । उक्त समयमा निर्धारित पुँजी पुर्याउन नसक्ने कम्पनीहरुले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुने गरी पुँजी कायम गर्नुपर्नेछ, विज्ञप्तिमा भनिएको छ ।

किन गर्नुपर्यो पुँजी वृद्धि ? यसो भन्छ बिमा समिति ? 
 
बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी समग्रमा नेटवर्थ बढाई सो अनुरुप कम्पनीहरुको जोखिम बहन क्षमता बढाउन, कम्पनीहरुलाई एकअर्कामा गाभ्ने गाभिने अनुकुल वातावरण सिर्जना भई उपयुक्त संख्यामा राख्न तथा पूँजिगत आधार बलियो बनाउन, ठूलो पूँजी भएमा सेवाको लागत कम भई बीमाको पहूँच विस्तार गर्न, ठूलो पूँजी कायम गरी कम्पनीहरुबीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पूँजीसँग सामञ्जस्यता हुनेगरी चुक्ता पुँजी कायम गर्न पुँजी वृद्धिको निर्णय गरिएको हो ।
 
उपरोक्त अनुसारको चुक्ता पुँजी २०७९ साल चैत्र मसान्तसम्ममा कायम गरिसक्नुपर्ने र निर्धारित पुँजी उपरोक्त समयावधिभित्र पुर्याउन नसक्ने कम्पनीहरुले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्नेछ ।

यसैगरी, विदेशी बीमकको रुपमा दर्ता भई संचालनमा रहेको बीमकले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ४ बमोजिमको तोकिएको न्यूनतम पुँजी बराबरको निर्धारित पुँजी (असाइन्ड क्यापिटल) कायम गर्ने र संयुक्त लगानीमा संचालित कम्पनीले तोकिएको समयावधिभित्र उल्लिखित निर्देशिकाको दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गर्ने व्यवस्था गरिएको छ ।
 
कम्पनीहरुले ३० दिनभित्र आफ्नो पुँजी योजना (क्यापिटल प्लान) सम्बन्धित बोर्डबाट निर्णय गराई समिति समक्ष पेश गर्नुपर्ने व्यवस्था समेत रहेको छ ।
 
सेयर बजारका लागि आयो गुड न्यूज
 
यता, बिमा समितिले पुँजी वृद्धिको निर्णय गरेपछि सेयर बजारका लगानीकर्तामा पनि खुशीयाली छाएको छ । हाम्रो सेयर बजारले बुल टप लगाउन जहिल्यै पुँजी वृद्धिलाई खोजेको र रोजेको हुन्छ । बिगतका बुलिस वर्षहरुमा पनि यही पुँजी वृद्धिकै कारण बजारले नयाँ उचाई बनाउन सकेको थियो । लामो समयदेखि सेयर बजार करेक्सन चरणमा रहेको छ ।

पछिल्ला केही दिनयता बजारले माथि जाने प्रयास गरिरहेको थियो । तर अपेक्षा अनुसार वृद्धि हुन सकेको थिएन । सेयर बजारका लगानीकर्ता र विश्लेषकहरुले नेप्सेले यस्तै केही गुड न्यूज खोजिरहेको बताएका थिए । अब यस विषयले सेयर बजारमा पक्कै पनि गुड न्यूज ल्याएको छ । क्रमशः सबल वित्तीय सूचक भएका कम्पनीहरुका भाउमा सकारात्मक प्रभाव पर्ने विश्लेषण गर्न सकिन्छ ।

लगानीकर्ताहरुले पुँजी वृद्धिसँगै कम्पनीको मजबुत वित्तीय अवस्थालाई पनि ख्याल गर्नुपर्ने हुन्छ । यही बिमाको पुँजी वृद्धि खबरले समग्र सेयर बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गर्न सकिन्छ । किन भने पुँजी वृद्धि गर्नुपर्ने भएकाले आन्तरिक बजार पुँजी परिचालन हुनेछ । जसले तरलताको अवस्थामा पनि सुधार ल्याउनेछ । 


सेयर बजारले केही ‘गुड न्यूज’ खोजिरहेको हो ? के हुन सक्ला त्यस्तो गुड न्यूज ?


सेयर बजारमा बिहीबार पनि करेक्सन आएको छ । सूचक ह्रास हुँदा टर्नओभरमा पनि अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ । यस दिन नेप्से सूचक १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा अडिएको छ । ३ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ वटा कम्पनीमा सकरात्मक सर्किट लागेको छ । यस दिन जीवन र निर्जीवन दुवै बिमा समूहमा चमक आएको छ ।

केही दिनयता बिमा समूहले सकारात्मक संकेतहरु देखाइरहेका छन् । समग्रमा हेर्दा, बजार केही दिनयता २६ सय भन्दा केही माथि बसेर सामान्य हिसाबले तलमाथि गरिरहेको छ । २६ सयलाई बटम बनाएर नेप्से माथितिर लागे पनि राम्रोसँग वृद्धि सकेको छैन । यस्तै, तल झर्न पनि मानिरहेको छैन । यसअघि बजार २५ सय विन्दुबाट फर्किएको हो ।
 
 विश्लेषकहरुका अनुसार नेप्सेले माथितिरै जान खोजिरहेको छ । तर यसका लागि बजारले कुनै गतिलो गुड न्यूज खोजिरहेको छ । करिब ८ महिनादेखि बजार करेक्सनकै चरणमा रहेको छ । ३२ सयको उच्चतम विन्दु आसपासबाट फर्किएको नेप्सेले अहिलेसम्म त्यो उचाई छुन सकेको छैन । यसकारण लगभग शिथिल भएको बजारलाई माथि जान केही गुड न्यूज चाहिएको छ । यसका लागि सरकार तथा नियामक निकायहरुबाट केही सुधारका कार्यक्रम आउन आवश्यक देखिएको छ । 
 
यससँगै वित्तीय प्रणालीमा तरलता सहज हुने समयको प्रतीक्षमा पनि बजार रहेको छ । यस्तै, बिमा लगायतका क्षेत्रहरुमा पुँजी वृद्धिको खबर आउन सक्यो भने पनि बजारले नयाँ उचाई लिन सक्ने विश्लेषणहरु भइरहेका छन् । बिमा समितिले बिमा कम्पनीहरुको पुँजी वृद्धि गरिने बताए पनि अहिलेसम्म आधिकारिक रुपमा सूचना आउन सकेको छैन । पुँजी वृद्धिको निर्णय कहिले हुने र कुन मोडेलमा पुँजी वृद्धि गरिने भन्ने कुरा खुल्न सकेको छैन ।
 
यस्तै, केन्द्रीय बैंकले पनि सबल वित्तीय सूचक भएका तर पुँजी पर्याप्तता अनुपात मिलाउन नसकेका र सोही कारण व्यवसाय विस्तार गर्न कठिन भएका बैंकहरुलाई हकप्रद सेयर जारी गर्न दिन्छ भन्ने अपेक्षमा लगानीकर्ता रहेका छन् । यस सम्बन्धी कुनै निर्णय हुन सकेमा पनि बजारले नयाँ उचाई लिनका लागि गुड न्यूज तय हुन सक्छ । तथापि, केन्द्रीय बैंकले अहिलेसम्म आधिकारिक रुपमा यसबारेमा केही पनि बोलेको छैन ।

हाम्रो बजारको बुल रनलाई हेर्ने हो भने पनि पुँजी वृद्धिले नै बजारमा सधैं रौनकता ल्याएको देखिन्छ । यस्तै, बजारमा बैंकलाई ब्रोकर लाइसेन्स दिने, ब्रोकर कमिसन घटाउने  लगायतका सुधारका काम गरेर पनि लगानीकर्ताको मनोबल सुधार्न सकिने ठाउँ रहेका छन् । तर हाम्रा नियमकहरुले यस्ता विषयमा वास्तवमै काम गर्न सकेका छैनन् । अहिलेको अवस्थामा लगानीकर्ताको मनोबल वृद्धि नहुँदासम्म बजार माथि जान कठिन हुन सक्छ । 
 
त्यसो त, सेयर बजारमा विस्तारै सिजन सुरु हुँदैछ । वैशाख लागेपछि कम्पनीहरुको तेस्रो त्रैमासको रिपोर्ट आउनेछ । स्थानीय निकायको निर्वाचन पनि नजिकिंदैछ । यस्तै, सरकारले खर्च गर्नेक्रम अब बढ्दै जानेछ । यी विषयले पनि बजारमा सकारात्मक माहोल ल्याउन भूमिका खेल्न सक्छ । 

 
यस दिन २२४ कम्पनीको ५२ लाख ९८ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् । जीवन र निर्जीवनबाहेक बाँकी सबै समूहहरु घटेका छन् । ३० करोड ६३ लाख रुपैयाँभन्दा बढीसहित जीवन विकास लघुवित्त कारोबार रकममा अग्रस्थानमा रहेको छ । यसको लाभांश हात पार्ने आज अन्तिम दिन पनि हो । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः नेपाल टेलिकम र एलआइसी नेपाल परेका छन् । 



Capital Structure of Non-Life Insurance Companies

S.N.

Symbol

Company

Existing Paid-up Capital (Rs)

Paid-Up Required (Rs)

Additional capital needed

Required Rise (Percent)

1

RBCL

Rastriya Beema Company Limited

              266,639,000

      2,500,000,000

        2,233,361,000

837.60

2

SGI

Sanima General Insurance Limited

          1,000,000,000

      2,500,000,000

        1,500,000,000

150.00

3

AIL

Ajod Insurance Limited

          1,000,000,000

      2,500,000,000

        1,500,000,000

150.00

4

GIC

General Insurance Company Nepal Limited

          1,000,000,000

      2,500,000,000

        1,500,000,000

150.00

5

UIC

United Insurance Company (Nepal) Limited

          1,028,160,000

      2,500,000,000

        1,471,840,000

143.15

6

PICL

Prudential Insurance Company Limited

          1,108,546,600

      2,500,000,000

        1,391,453,400

125.52

7

SIC

Sagarmatha Insurance Company Limited

          1,111,357,500

      2,500,000,000

        1,388,642,500

124.95

8

SIL

Siddhartha Insurance Limited

          1,120,000,000

      2,500,000,000

        1,380,000,000

123.21

9

PRIN

Prabhu Insurance Company Limited

          1,161,902,500

      2,500,000,000

        1,338,097,500

115.16

10

HGI

Himalayan General Insurance Company Limited

          1,173,509,100

      2,500,000,000

        1,326,490,900

113.04

11

EIC

Everest Insurance Company Limited

          1,183,604,400

      2,500,000,000

        1,316,395,600

111.22

12

LGIL

Lumbini General Insurance Limited

          1,198,890,000

      2,500,000,000

        1,301,110,000

108.53

13

PIC

Premier Insurance Company (Nepal) Limited

          1,227,684,800

      2,500,000,000

        1,272,315,200

103.64

14

NICL

Nepal Insurance Company Limited

          1,242,338,600

      2,500,000,000

        1,257,661,400

101.23

15

NLG

NLG Insurance Company Limited

          1,326,614,400

      2,500,000,000

        1,173,385,600

88.45

16

IGI

IME General Insurance Limited

          1,620,620,400

      2,500,000,000

            879,379,600

54.26

17

NIL

Neco Insurance Company Limited

          1,749,878,800

      2,500,000,000

            750,121,200

42.87

18

SICL

Shikhar Insurance Company Limited

          2,286,081,200

      2,500,000,000

            213,918,800

9.36


Capital Structure of Life Insurance Companies

S.N.

Symbol

Company

Existing Paid-up Capital (Rs)

Paid-Up Required (Rs)

Additional capital needed

Required Rise (Percent)

1

PLI

Prabhu Life Insurance Limited

2,000,000,000

      5,000,000,000

3,000,000,000

150.00

2

SLI

Sanima Life Insurance Company Limited

2,000,000,000

      5,000,000,000

3,000,000,000

150.00

3

GLICL

Gurans Life Insurance Company Limited

2,084,250,000

      5,000,000,000

2,915,750,000

139.89

4

RLI

Reliance Life Insurance Limited

2,100,000,000

      5,000,000,000

2,900,000,000

138.10

5

ULI

Union Life Insurance Company Limited

2,150,000,000

      5,000,000,000

2,850,000,000

132.56

6

JLI

Jyoti Life Insurance Company Limited

2,420,000,000

      5,000,000,000

2,580,000,000

106.61

7

ALICL

Asian Life Insurance Company Limited

2,513,452,400

      5,000,000,000

2,486,547,600

98.93

8

SLICL

Surya Life Insurance Company Limited

2,550,282,100

      5,000,000,000

2,449,717,900

96.06

9

LICN

Life Insurance Corporation Nepal Limited

2,653,200,000

      5,000,000,000

2,346,800,000

88.45

10

PLIC

Prime Life Insurance Company Limited

2,779,615,600

      5,000,000,000

2,220,384,400

79.88

11

NLICL

National Life Insurance Company Limited

4,035,158,100

      5,000,000,000

964,841,900

23.91

12

NLIC

Nepal Life Insurance Company Limited

8,207,966,500

      5,000,000,000

Already attained

Already attained

No comments:

Post a Comment

CMAT Model Qsn for MBS/MPA &Others#plzSubscribe CMAT मा कस्ता प्रश्न आउछन?with Solution VVI for CMAT

  To Download CMAT Model Qsn Paper: Comment your email address Download File Here: https://www.youtube.com/watch?v=joOWOWxV3TM&ab_chann...